पृष्ठभुमि

सहकारी मूल्य, मान्यता एवम् सिद्धान्तलाई आत्मसात गर्दै समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाहरुलाई स्थानीय स्तरमा विकास गर्न, गैर समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाहरुलाई निरुत्साहित पार्नुका साथै सहकारी क्षेत्रमा देखापरेको विकृति विसंगति हटाई सहकारी आन्दोलनलाई सही दिशामा अगाडी बढाउन तड्कारो आवश्यकता बोध भएकोले सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा “बचत तथा ऋण सहकारी संस्थाहरुमा देखापरेको विकृति, विसंगति तथा त्यसका निराकरण” विषयक अन्र्तक्रिया कार्यक्रम २०५६ साल चैत्र १३ गते सम्पन्न भएको थियो । सोही कार्यक्रममा जिल्लामा एउटा सामूहिक छाता संगठनको रुपमा जिल्ला संघको औचित्यता बारे बस्तुगत अध्ययन गर्न एक कार्यदलको गठन भई ३१ चैत्र २०५८ मा नेफ्स्कूनका पुर्व केन्द्रीय अध्यक्ष श्री कैलाशभक्त प्रधानाङ्ग ज्यूको समूपस्थितिमा प्रतिवेदन पेश भई श्री राजेन्द्र दुमरु ज्यूको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन भएको थियो । उक्त तदर्थ समितिले ८ असार २०५९ मा संघ गठन गर्न प्रारम्भिक भेला आयोजना गरी जिल्ला बचत तथा ऋण सहकारी संघ लि.भक्तपुर नाम रहने गरी श्री राजेन्द्र दुमरु ज्यूको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति गठन गरेको थियो । विभिन्न आरोह अवरोह पार गरी लामो समयको अन्तराल पछि २०६२ बैशाख २१ गते विधिवत रुपमा संघको स्थापना भएको हो । हाल यस संघ भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं.८, सुर्यविनायकमा अाफ्नै भवनबाट कार्यालय संचालन गरी सदस्यहरुलाई निरन्तर सेवा प्रदान गर्दै आईरहेको छ ।


परिकल्पना

    परिकल्पना
    यस संघको परिकल्पना बचत तथा ऋण ूदिगो सहकारी विकासका लागि संघू हुनेछ ।

    ध्येय
    व्यवसायिक तथा प्रतिस्पर्धि वित्तीय तथा प्राविधिक सेवाको माध्यमबाट बचत तथा ऋण सहकारी संस्थाहरुको प्रवद्र्धन एवं सम्बद्र्धन गर्न समन्वयकारी भूमिका खेल्नुू संघको ध्येय हो ।

उध्येश्यहरू

    उद्देश्यहरु
     आबद्ध सदस्य संस्थाहरुको क्षमता वृद्धि
     अन्तर लगानी विस्तार
     संस्था प्रर्वद्धन तथा विकास
     समन्वय÷पहलकदमी भूमिका
     संघको प्रभावकारी व्यवस्थापन
     जनचेतना अभिबृद्धि

No Management Structure To Display.

अन्तरक्रिया कार्यक्रम सम्पन्न

वित्तीय व्यवस्थापन तालिम सम्पन्न

आन्तरिक लेखापरिक्षण तालिम सम्पन्न

कर्मचारी अावश्यकता सम्बन्धी सूचना

वित्तीय तथा अन्य विवरण

ब्याजदर परिमार्जन गरिएको सम्बन्धमा


Members