News

तरलता व्यवस्थापन तालिम सम्पन्न

तरलता व्यवस्थापन तालिम सम्पन्न
२०८० फाल्गुण ६ गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजनामा के.भि. लन्च, भक्तपुरमा एक दिने तरलता व्यवस्थापन तालिम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले पल्र्स प्रतिवेदनमा तरलता पुगेर मात्र हुदैंन तरलताको गुणस्तर पनि हेर्नु पर्ने बताउनुभयो । हाल प्रतिवेदनमा तरलता पुगेको देखिएता पनि रकम फिर्ता दिन नसकेका थुप्रै उदाहरण देखिनुकोे कारण अन्तर सहकारी समानान्तर कारोबार रहेको वहाँले बताउनुभयो ।
संघका सचालक एवं तालिम व्यवस्थापन उपसमितिका संयोजक इन्द्र प्रसाद व्यन्जुले सिकेका ज्ञान संस्थामा लागु गर्न र सिकेको कुराहरु सहकर्मीहरुलाई सिकाउनुपर्ने विचार व्यक्त गर्नु भयो । वहाँले सदस्य संस्थाहरुले ८० प्रतिशत भन्दा बढी ऋण लगानी गर्नु हुँदैन । यसले गर्दा झन तरलता संकट हुने कुरा जानकारी गराउनुभयो ।
संघका व्यवस्थापक बालकृष्ण धोजु हाल समुदायमा आधारित सहकारी संस्थामा ऋण लगानी हुन नसक्दा अधिक तरलता भएको अवस्थामा तरलताको सहि व्यवस्थापन गरेर पनि संस्था संचालन गर्न सकिने बताउनुभयो । तालिमको सहजकर्ता कवि न्यौपानेले तरलता संकट, अधिक तरलताको व्यवस्थापन, स्प्रेदर गणना विधिलगायतको विषयमा प्रशिक्षण दिनुभयो । तालिममा सदस्य संस्थामा कार्यरत ३२ जना कोषाध्यक्ष, व्यवस्थापक एवम् कर्मचारीहरुको सहभागिता रह्यो ।


Related News

आन्तरिक लेखापरिक्षण तालिम सम्पन्न

वित्तीय व्यवस्थापन तालिम सम्पन्न

अन्तरक्रिया कार्यक्रम सम्पन्न

Notices

कर्मचारी अावश्यकता सम्बन्धी सूचना

वित्तीय तथा अन्य विवरण

ब्याजदर परिमार्जन गरिएको सम्बन्धमा


Members