News

संघको २१ औ बार्षिक साधारण सभा सम्पन्न

२०८२ कार्तिक २९ गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २१ औ बार्षिक साधारण सभा भक्तपुर बैंक्वेट भक्तपुरमा सम्पन्न भयो । सभाको प्रारम्भमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष चन्द्र प्रसाद ढकालले वर्तमान अवस्थामा सहकारी संघ संस्थाको अवसर र चुनौती विषयमा सहकारी शिक्षा प्रदान गर्नुभयो । वहाँले सहकारी संघ संस्थाहरुले सुशासन कायम गरेमा सहकारीका धेरै समस्याहरु समाधान हुने बताउनुभयोे । वहाँले प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाले कारोबार गर्न बचत तथा ऋण सहकारी संघ आबश्यकता रहेको स्पष्ट पार्नुभयो । बचत तथा ऋण सहकारीमा शुद्धिकरण आवश्यक रहेको तर कारोबार नै गर्न नदिने नियन्त्रण गर्न नमिल्ने उहाँको भनाई थियो ।
संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो । उहाँले सहकारीको विकल्प सहकारी नै हो, कुनै बैंङ्क तथा वित्तीय संस्थाहुन सक्दैन बताउनुभयो । उहाँले समुदाय केन्द्रीत र सहकारी मुल्य मान्यता र सिद्धान्त बमोजिम सञ्चालित सहकारी सङ्घ संस्थाहरुमा परिस्थितिवश केहि समस्या भएता पनि जटिल समस्या नरेको बताउनुभयो । उहाँले विषम परिस्थितिमा सदस्य तथा समाजमा सेवा पु¥याइरहेका सहकारी सङ्घ संस्थाहरुलाई सकुञ्चनमा ल्याउन र जिल्ला बचत सङ्घ लगायत सहकारी सङघहरुलाई आफ्नो सदस्य संस्थाहरु बीचको वित्तीय कारोवारलाई रोक लगाउने खालका मापदण्ड र निर्देशनहरु जारी भएकोमा विरोध जनाउदै आएको कुरा बताउनुभयो ।
संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघ स्थापनाको चर्चा गर्दै संघ स्थापनाको मर्म बमोजिम संघले कार्य गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो । संघका उपाध्यक्ष हरीकृष्ण बल्लले स्वागत मन्तव्य राख्दै नियमनकारी निकायको बहु निर्देशनको चपेटामा सहकारी संघ संस्थाहरु रहेको बताउनुभयो ।
संघका सचिव जगनाथ प्रजापतिले बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै लामो समयदेखि स्वायततार स्वनियमको नाममा एकलौटी व्यवसायभैंm सञ्चालन गरिरहेका सहकारीका सञ्चालकहरूले जनताको निक्षेप फिर्ता नदिई भाग्ने प्रवृति अझै रोक्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले सहकारी अभियानमा देखापरेका विकृति र विसंगति रोक्न आफैबाट सुरु गर्नुपर्ने आवश्यकता औल्याउनुभयोे । उहाँले जनताको पैसा निक्षेप फिर्ता नदिईभाग्ने सञ्चालक तथा कर्मचारीहरुलाई कुनै पनि राजनैतिक दवाव र प्रभावमा नपारी हदैसम्मको कार्वाही गर्नु पर्नेविचार राख्नुभयो । वहाँले पेश गरेका आ.व.२०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन र आ.व. २०८२/०८३ मा रु.२८ लाखको प्रस्तावित कार्यक्रमहरु साधारण सभाले पारित गरेको थियो ।
संघका कोषाध्यक्ष कान्छा भक्त घःजुले आर्थिक प्रगति प्रदिवेदन पेश गर्दै बचत तथा ऋण सहकारीमा बचत तथा ऋणको सन्तुलन कायम गर्न चुनौती बढेको बताउनुभयो । उहाँले सहकारी संघ संस्थामा तरलता बढदै गएको तर ऋण मागका कमिका कारण ऋण लगानी घट्दै जाने अवस्थाले सहकारी संचालनमा सकस थप्दै गएको बताउनुभयो । उहाँले पेश गरेका आ.व.२०८१/०८२ को वासलात रु.तीन अर्ब बाह्र करोड,आय रु. एक करोड सात लाख सहितको आर्थिक प्रगति प्रतिवेदन र आ.व.२०८२/०८३ को वासलात रु तीन अर्ब पन्ध्र करोडको अनुमानित बजेट सभाले पारित गरेको थियो ।

लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले आ.व. २०८१/०८२ को लेखा सुपरिवेक्षण प्रतिवेदन पेश गर्दै मौजुदा सहकारी ऐन, कानुन र निर्देशनका आधारमा संघको कारोबारलाई सिमिततामा ल्याउँदा अझ घट्ने भएकोले संघ सबलिकरणका कार्यक्रम तथा योजना ल्याउनुपर्ने विचार राख्नुभयो । सभाले शेयर लाभांष कोषबाट ४.६ प्रतिशत लाभांष प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो । साथै सहकारी ऐननियमावली अनुसार संरक्षित पुँजीफिर्ता कोष फिर्ता गर्ने प्रस्ताव समेत पारित गरेको थियो ।
उक्त सभामा २०३ सदस्य संस्थामध्येबाट १७७ जना प्रतिनिधिको उपस्थिति रहेको सो सभाले देहाय बमोजिम अध्यक्ष हरिकृष्ण बल्लको नेतृत्वमा ९ सदस्यीय संचालक समिति र लेखा सुपरिवेक्षण समिति संयोजक दामोदर न्यौपानेको नेतृत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको थियो ।
संचालक समिति
१ अध्यक्ष हरिकृष्ण बल्ल मित्र बचत तथा ऋण सहकरी संस्था लि.
२ उपाध्यक्ष जगनाथप्रजापति भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.
३ सचिव कान्छाभक्त घजु उपकार बचत तथा ऋण सहकारी संस्था लि.
४ कोषाध्यक्ष कृष्णश्वरी मचामसी भक्तपुर महिला बचत तथा ऋण सहकारी संस्था लि.
५ संचालक इन्द्रप्रसाद व्यान्जु नन्दीकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.
६ संचालक चन्दीका छुकां देवि महिला बचत तथा ऋण सहकारी संस्था लि.
७ संचालक सुसिला पराजुली बराल दक्षिणकाली बचत तथा ऋण सहकारी संस्था लि.
८ संचालक राजकुमार लघु ख्वप बचत तथा ऋण सहकारी संस्था लि.
९ संचालक विवेक श्रेष्ठ बगंलामुखी बचत तथा ऋण सहकारी संस्था लि.

लेखा सुपरिवेक्षण समिति

१ संयोजक दामोदर न्यौपाने अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि.
२ सदस्य गिता प्रसाद नेपाल विन्ध्यावासी बचत तथा ऋण सहकारी संस्था लि.
३ सदस्य प्रतिभा अदुवा श्रेष्ठ बजरंगबली बचत तथा ऋण सहकारी संस्था लि.


Related News

विषयगत संघहरुको स्तर...

कार्यविधि निर्माण ता...

साकोस जोखिम विश्लेषण...

भक्तपुरमा नगरस्तरीय...

भक्तपुर जिल्ला बचत स...

रणनीति योजना निमार्ण...

पल्स अनुगमन प्रणाली...

महिला सशक्तिकरणमा सह...

मानव श्रोत साधन व्यप...

महिला नेतृत्व विकास...

सहकारीमा जोखिम व्यवस...

कर्मचारीको क्षमता अभ...

‟राष्ट्रिय सहकारी नि...

आ.ब. २०८१/८२ को वार्...

संघका पूर्व संचालक ब...

सहकारी विभागले मिति...

अभिमुखिकरण कार्यक्रम...

परिचयात्मक कार्यक्रम...


Members