News

अनुपालना अधिकारीको क्षमताविकास तालिम सम्पन्न ।

भक्तपुर, २०८२ माघ २३ गते, संघको शिक्षा तथा संस्थागत विकास उपसमितिको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.को प्राविधिक सहयोगमा एक दिने अनुपालना अधिकारीको क्षमता विकास तालिम रोयल थाई हस्पिटालिटी, राधेराधेमा सम्पन्न भयो ।
तालिम समापन कार्यक्रममा संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारीलाई जारी निर्देशनहरुको कार्यान्वयन तह सम्म पुग्न र पुयाउन सहकारी अभियान र नियामक निकाय मिलेर अघि बढ्नुको बिकल्प नभएको बताउनुभयो । सहकारीले गरेका सकारात्मक परिवर्तनलाई संस्थागत गरी सहकारी योगदानको लेखाजोखामा कमजोरीका कारण सहकारी प्रति गलत सन्देश फैलिरहेको बताउनु भयो । उहाँले सहकारी संस्थामा ऐन, कानुन, विनियमको परिपालनालाई भन्दा पनि व्यवहारलाई प्राथमिकता दिदाँ समस्याबढेको बताउनुभयो । उहाँले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरु राष्टि?य सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण समयमै गर्न र सम्पत्ती शुद्धिकरण निवारणका व्यवस्थाहरु प्रभावकारी ढंगबाट पालना गर्न समेत अनुरोध गर्नुभयो ।
संघका सचिव कान्छा भक्त घजुले सहभागीहरुलाई धन्यवाद िददैं सहकारी अभियानको दिगो विकासकालागि सहकारी मैत्री ऐन नियमको पारिपालना गर्नुपर्ने उहाँको भनाइथियो ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोंजूले कार्यान्वयन अधिकारीलाई कार्यान्वयन अधिकारीको मात्र कार्य विवरण नदिईकन समग्र सहकारीकै कार्यविवरण समेटिँदा कार्यान्वयन अधिकारीको कार्य ओझेलमा पर्न गएको उहाँको भनाई थियो । नेपाललाई ग्रे लिष्टबाट अपग्रेड गर्नको लागि सरकारले विभिन्न नीतिहरु अवलम्बन गर्दै आएको छ र त्यसको लागि हामीले पनि आफ्नो दायित्व पुरा गरी सहयोग गर्नुपर्ने विचार राख्नुभयो ।उहाँले सहकारीमा अनुपालना अधिकारीले मात्र सम्पत्ति शुद्धिकरण निवारणको बारेमा सुसूचितभएर पुग्दैन सहकारीका संचालक र सदस्यले पनि यस विषयमा तालिम लिनुपर्ने कुरा राख्नुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.को कार्यक्रम अधिकृत शौभाग्य भट्टराईले सहजीकरण गर्नुभएको उक्त तालिममा संघमा आवद्ध संस्थाहरुमध्ये ४७ जना अनुपालक अधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपसमितिका सदस्य प्रकाश बास्तोलाले सञ्चालन गर्नुभएको थियो । सदस्य संस्था जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक अर्जुन कुमार बस्नेत र चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.का कर्मचारी यमुना फुँयालले अनुपालक अधिकारीहरुको काम, कर्तव्य र अधिकारका साथै GoAml को प्रयोगात्मक प्रशिक्षण समेत भएकोमा खुशीव्यक्त गर्नुभयो ।


Related News

विषयगत संघहरुको स्तर...

कार्यविधि निर्माण ता...

साकोस जोखिम विश्लेषण...

भक्तपुरमा नगरस्तरीय...

भक्तपुर जिल्ला बचत स...

रणनीति योजना निमार्ण...

पल्स अनुगमन प्रणाली...

महिला सशक्तिकरणमा सह...

मानव श्रोत साधन व्यप...

महिला नेतृत्व विकास...

सहकारीमा जोखिम व्यवस...

कर्मचारीको क्षमता अभ...

‟राष्ट्रिय सहकारी नि...

आ.ब. २०८१/८२ को वार्...

संघका पूर्व संचालक ब...

सहकारी विभागले मिति...

संघको २१ औ बार्षिक स...

अभिमुखिकरण कार्यक्रम...

परिचयात्मक कार्यक्रम...

नेतृत्व पूर्वको सक्ष...

पुँजी पर्याप्तता अनु...

अर्धवार्षिक समीक्षा...

संचालकको क्षमता अभिब...


Members