News

अभिमुखिकरण कार्यक्रम सम्पन्न

सहकारीको नियमन तथा वर्गिकरणका लागि दर्ता अभिलेखिकरण
राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०८२ मंसिर २३ गते भक्तपुर बैंक्वेटमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सदस्य(सहकारी विज्ञ) डा. रमेश चौलागाईले सहकारी संस्थाको नियमन तथा बर्गिकरण गर्न प्राधिकरणमा दर्ता गर्नुपर्ने बताउनुभयो । उहाँले भविष्यमा सहकारीको विकृतिन् यूनिकरण गरेर जोखिम घटाउनका लागि स्थानिय, प्रदेश र संघीय तहमा दर्ता रहेका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै सहकारी संस्थाहरु राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता गरेर प्रमाणपत्र लिनुपर्ने बताउनुभयो । उहाँले सहकारी सदस्यको हा,े यसमा कसैको शंका नरहेको तर व्यवहारमा सहकारी सदस्यको हुन नसक्दा सहकारीमा समस्या आएको बताउँदै ंभविष्यमा त्यस्ता समस्या नदोहोरियोस् भन्ने हेतुले प्राधिकरण गठन भएको स्पष्ट पार्नु भयो । उहाँले सहकारी संघ र संस्था फरक रहेकोले संघको वित्तीय कारोबारलाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो ।
संघका अध्यक्ष हरिकृष्ण बल्लले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता नभई कर्जा सूचना केन्द्रमा आबद्धता नहुने साथै सहकारीले राज्यबाट प्राप्त हुने अन्य सुविधाबाट समेत विमुख हुनुपर्ने अवस्था आउन सक्ने भएकोले समयमै राष्टि?य सहकारी नियमन प्राधिकरणमा दर्ता हुनुपर्ने बताउनुभयो । उहाँले प्रारम्भिक संस्थाले संघमा राखेको बचत तरलता गणना नहुने नियकीय मापदण्डले प्रारम्भिक संस्थाहरुको बचत शुन्य प्रतिशतमै बैंक वित्तीय संस्थामा राख्न बाध्य पारेको बताउनुभयो । उहाँले सदस्य संस्थाको वित्तीय आवश्यकता पुरा गर्न काुनन बमोजिम संघ वित्तीय कारोबार गर्न वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
संघका निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजुले राष्ट्रिय सहकारी नियमन प्राधिकरण अभियानले नै मागेको हो बताउनुभयो । उहाँले जसले माग्यो उसलाई सिध्याउने गरी संघमा रहेको रकमलाई तरलता गणना नहुने व्यवस्था संशोधन गर्नुपर्ने माग राख्नुभयो । प्राधिकरणले संघलाई छुट्टै मापदण्ड बनाई संघलाई समेत वर्गिकरण गरी सहयोगी निकायको रुपमा जीवन्त राख्नुपर्ने उहाँको भनाइ थियो । संघका कोषाध्यक्ष कृष्णश्वरी मचामसीले स्वागत मन्तव्य दिदै बहु नियमनकारी निकायको निर्देशन र बहु दर्ता तथा नवीकरण जस्ता कानूनी व्यवस्थाले प्रारम्भिक संस्थाहरुमा अन्यौलता बढेको बताउनुभयो । उहाँले एकद्धार प्रणलीबाट नियमन तथा अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
संघका प्रमुखकार्यकारी अधिकृत बालकृष्ण धोजूले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखिकरण गर्नुपर्ने आवश्यक जानकारी प्रस्तुती मार्फत गर्नुभयो ।उहाँले अभिलेखिकरण गर्दा आवश्यक कागजातहरुका बारेमा बताउनुभयो । उहाँले प्राधिकरणमा समयमै दर्ता गर्न अनुरोध गर्दै संस्थाहरुलाई आवश्यक सहजीकरण गर्न संघ सदैब तयार रहेको बताउनुभयो । संघका सचिव कान्छाभक्त घजुले कार्यक्रम सञ्चालन गर्नुभएको सो कार्यक्रममा आबद्ध सदस्य मध्ये १७२ वटा संस्थाबाट २५३ जनाको सहभागीता रहेको थियो ।


Related News

विषयगत संघहरुको स्तर...

कार्यविधि निर्माण ता...

साकोस जोखिम विश्लेषण...

भक्तपुरमा नगरस्तरीय...

भक्तपुर जिल्ला बचत स...

रणनीति योजना निमार्ण...

पल्स अनुगमन प्रणाली...

महिला सशक्तिकरणमा सह...

मानव श्रोत साधन व्यप...

महिला नेतृत्व विकास...

सहकारीमा जोखिम व्यवस...

कर्मचारीको क्षमता अभ...

‟राष्ट्रिय सहकारी नि...

आ.ब. २०८१/८२ को वार्...

संघका पूर्व संचालक ब...

सहकारी विभागले मिति...

संघको २१ औ बार्षिक स...

परिचयात्मक कार्यक्रम...


Members