News

आ.ब. २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

मिति २०८२ श्रावण १० गते संघको आ.व.२०८१।०८२को वार्षिक समिक्षा भक्तपुर गेष्ट हाउस, भक्तपुरमा सम्पन्न भयो । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले यस बर्ष सहकारीमा देखिएको विकृतीलाई नियन्त्रण गर्न नेपाल राष्ट बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र सहकारी विभागले छुटाछुट्टै निर्देशन तथा मापदण्ड जारी गरेर मात्र नियमकीय दायित्व पूरा नहुने बताउनुभयो । उहाँले नियमकीय निकायहरुले निर्देशन तथा मापदण्डमा एकरुपता ल्याई कार्यान्वयन तहमा ल्याउनु पर्ने विचार राख्नुभयो । जारी निर्देशन तथा मापदण्डले अन्यौलता थप गर्ने भन्दा पनि स्पष्टता हुनुपर्नेमा त्यसो हुन नसक्दा सहकारी संस्थाहरु अन्यौलमा रहेको वहाँले बताउनुभयो । आफ्नो व्यक्तिगत बुझाईमा सहकारी निर्देशन तथा मापदण्डको व्याख्या गर्नुले सहकारीमा कार्यगत एकतामा समेत समस्याहुने भएकोले ऐन संग भएका व्यवस्थालाई बढावा दिने गरी सहकारी मापदण्ड तथा निर्देशन जारी हुनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिदै संघका उपाध्यक्ष हरिकृष्ण बल्लले समीक्षा संघको मात्र गर्ने होइन संघको समिति, उपसमितिमा बसेर के योगदान गर्न सके सोको पनि समीक्षागर्नुपर्ने बताउनुभयो । संघका सचिवजगनाथप्रजापतिले कार्यक्रमतथातालिमको प्रगतिप्रतिवेदन प्रस्तुतगर्दै संघको उदेश्य प्राप्तीका लागि विभिन्न कार्यक्रम, गोष्ठी र तालिम गरेको कुरा बताउनुभयो । संघले बचत मात्र संकलन नगरी सहकारी अभियान अन्तर्गत बिभिन्न स्थानिय निकायसँग सहकार्य गरेको र अनुगमन तथा निरिक्षण कार्यलाई अगाडि बढाएको बताउनुभयो । आजको प्रविधिको युगमा संघले मोबाईल एप्स विकास सदस्य संस्थाहरुको रिपोर्टीङ र प्रशासनिक कार्यलाई टेवा पुयाएको बताउदै उहाँले बताउनुभयो ।
संघका कोषाध्यक्ष कान्छाभक्त घजुले आ.व. २०८१।०८२ मा असार मसान्तसम्ममा ३ अर्ब १९ करोडको वासलात बनाउन सफल भएको प्रतिवेदन पेश गर्नुभयो । जुन गत वर्षको तुलनामा ९ प्रतिशतको कमी र अनुमानमा ८४ प्रतिशतले प्रगति हासिल भएको बताउनुभयो । संघले यस बर्ष लेखा परिक्षण हुन पूर्व ३ करोड १२ लाख बचत(नाफा) गर्न सकेको आय व्यय प्रतिवेदन समेत वहाँले प्रस्तुत गर्नुभयो । । संघका लेखा सुपरिक्षण संयोजक बालमुकुण्ड उपाध्यायले सहकारीमा बाहिरी प्रभाव धेरै भएकोले वित्तीय व्यवस्थापन गर्न सकस हुनुको साथै कानुनी बहस पैरवीमा निरन्तर गरि रहनुपर्ने विचार राख्नुभयो ।
संघका प्रमुखकार्यकारी अधिकृत बालकृष्ण धोजुले संघले सदस्य र संघको हितमा ऐन, निर्देशन र मापदण्ड जारी गराउन, संशोधन गराउनमा खेलेको भुमिका विषयमा प्रस्तुतीकरण गर्दै ऐन कानुन सम्मत मापदण्ड तथा निर्देशनहरुको पालना गरी सहकारी संचालनमा नै सहकारीको दिगोपना रहेको बताउनुभयो । उहाँले ऐनमा भएको व्यवस्थालाई संकुचितपार्ने गरी जारी निर्देशन र मापदण्ड समय अनुसार परिमार्जित हुने विचार पनि राख्नुभयो । उक्त कार्यक्रममा समिति, उपसमिति र कर्मचारी सहित ४० जनाको सहभागिता जनाएको छ । कार्यक्रमको उदघोषण संघका अधिकृत कृष्णश्वरी ह्यौंमिखाले गर्नुभयो ।


Related News

विषयगत संघहरुको स्तरीकरण कार्यक्रमको पहिलो कार्यशाला सम्पन्न

कार्यविधि निर्माण तालिम सम्पन्न

साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न

भक्तपुरमा नगरस्तरीय सहकारी दिवस मनाइयो ।

भक्तपुर जिल्ला बचत संघको २१ औं स्थापना दिवस सम्पन्न

रणनीति योजना निमार्ण तालिम सम्पन्न

पल्स अनुगमन प्रणाली तथा पूँजी पर्याप्तता अनुपात मापन तालिम सम्पन्न

महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक गोष्ठी

मानव श्रोत साधन व्यपस्थापन तालिम सम्पन्न

महिला नेतृत्व विकास तालिम सम्पन्न

सहकारीमा जोखिम व्यवस्थापन तालिम सम्पन्न

कर्मचारीको क्षमता अभिबृद्दि तालिम सम्पन्न

‟राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी नियामकीय मापदण्ड २०८२” को विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

संघका पूर्व संचालक बीच भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सहकारी विभागले मिति २०८२/०३/३२ गते जारी गरेको ‟सहकारी संघ/संस्थामा सुशासन प्रवद्र्धनको लागि एकीकृत निर्देशन २०८२” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

संघको २१ औ बार्षिक साधारण सभा सम्पन्न

Notices

मतदाता नामावली

प्रतिनिधि पठाउनेको म्याद थप सम्बन्धी सूचना

कार्यालय समय परिवर्तन सम्बन्धमा


Members