News

महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक गोष्ठी

२०८२।०२।१५ गते । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तिकरण उपसमितिको आयोजनामा एक दिने “महिला सशक्तिकरणमा सहकारीको भूमिका“ विषयक गोष्ठी रोयल थाइ हस्पिटालिटी, राधेराधेमा सम्पन्न भयो । कार्यक्रममा उद्घाटन मन्तव्य राख्नुहुँदै संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरूको लागि जारी गरेको मापदण्डमा तरलता गणना सम्बन्धी व्यवस्था सच्यानुपर्ने कुरा बताउनुभयो । सहकारीमा नेतृत्व तहमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था रहेको र जोखिम भारित सम्पत्ति जस्ता नयाँ विषयबस्तु रहेको बताउनुभयो । साथै मापदण्डमा प्राथमिक पुँजीकोष पर्याप्त मात्रामा नभएका सहकारी संस्थाले नाफा भएपनि लाभांश बाड्न नपाइने कुरा बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले “महिला सशक्तिकरणमा सहकारीको भूमिका“ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सभापति एवम् संघका संचालक सदस्य कृष्णश्वरी मचामसीले सहकारीमा महिलाहरूले के कस्तो भूमिका खेलिरहेका छ र सहकारीले महिला सशक्तिकरणको लागि के कस्तो भूमिका खेलेको छ र अहिलेको सहकारी अभियानमा महिलाले के भूमिका खेल्नुपर्दछ भन्ने उद्देश्यका साथ गोष्ठीको आयोजना भएको बताउनुभयो । सहकारी अभियानमा मात्र नभएर अन्य जुनसुकै क्षेत्रमा निरन्तरता हुनुपर्ने विचार राख्नुभयो । महिला सशक्तिकरण उपसमितिका सदस्य निर्जना ढुंगेल दाहालको स्वागत मन्तव्य रहेको कार्यक्रम संघका अधिकृत कृष्णश्वरी ह्यौंमिखाले संचालन गर्नुभयो । सो कार्यक्रममा ६१ जनाको उपस्थिति रहेको थियो ।


Related News

विषयगत संघहरुको स्तर...

कार्यविधि निर्माण ता...

साकोस जोखिम विश्लेषण...

भक्तपुरमा नगरस्तरीय...

भक्तपुर जिल्ला बचत स...

रणनीति योजना निमार्ण...

पल्स अनुगमन प्रणाली...

मानव श्रोत साधन व्यप...

महिला नेतृत्व विकास...

सहकारीमा जोखिम व्यवस...

कर्मचारीको क्षमता अभ...

‟राष्ट्रिय सहकारी नि...

आ.ब. २०८१/८२ को वार्...

संघका पूर्व संचालक ब...

सहकारी विभागले मिति...

संघको २१ औ बार्षिक स...

अभिमुखिकरण कार्यक्रम...

परिचयात्मक कार्यक्रम...


Members