News

महिला नेतृत्व विकास तालिम सम्पन्न

२०८२/०३/१४। भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तिकरण उपसमितिको आयोजनामा र नेफ्स्कूनको साझेदारीमा एक दिने “महिला नेतृत्व विकास तालिम“ रोयल थाइ हस्पिटालिटी, राधेराधेमा सम्पन्न भयो । तालिमको समापन कार्यक्रममा मन्तव्य राख्नुहुँदै संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारी प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरूको लागि जारी गरेको मापदण्ड सहकारीमा भए गरेका बदमासी गर्नेलाई कारवाही गर्ने भन्दा पनि अन्य सहकारी संस्थालाई नियन्त्रण गर्नलाई ल्याएको बताउनुभयो । संघमा रहेको संस्थाको बचतलाई तरलता गणना नहुने सम्बन्धी व्यवस्थाको संघले विरोध गर्दै आएको र सो व्यवस्था तुरन्त सच्यानुपर्ने कुरा बताउनुभयो । सहकारीमा महिला सदस्यकोे बहुमत भएतापनि नेतृत्व तहमा न्यून संख्या रहेको तथ्यांकले देखाएको भन्नुभयो । सहकारीमा नेतृत्व गर्नलाई सहकारी मूल्य, मान्यता बुझ्नुको साथै सहकारी सम्बन्धी ऐन, नियमावली, मापदण्ड, संस्थाको विनियम, नीति, कार्यविधि सम्बन्धी जानकार भएको हुनुपर्ने र अध्ययनलाई जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो । सहकारीमा नेतृत्ववर्गले आफूमा स्वयम्सेवी भावनाको विकास गर्नुका साथै सम्पूर्ण क्षेत्रमा क्षमतावान भएमा महिला नेतृत्व बृद्धि हुनेमा दुईमत नरहेको कुरा बताउनुभयो ।
तालिममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.का तालिम अधिकृत रिता सुवेदीले नेतृत्वको परिचय, नेतृत्वको शैली र प्रकार, नेतृत्वको आवश्यकता र महत्व, सहकारीमा नेतृत्व गरेका व्यक्तिको जिम्मेवारी विषयहरुमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा सभापति एवम् संघका संचालक सदस्य कृष्णश्वरी मचामसीले महिला नेतृत्व विकास तालिम, तालिम लिनका लागि मात्र नभईकन सहकारीको अध्यक्ष एक दिन बन्नेछु भन्ने बिचार लिएर जानुहुन सहभागीहरुलाई अनुरोध गर्नुभयो । साथै सहकारीमा नेतृत्व गर्ने सोचले नै उत्प्रेरित भएर नै तालिममा उत्साहजनक सहभागीता रहेको र सहकारी सम्बन्धी नीति, नियम, संस्थाकै विनियम, नीतिहरु अध्ययन गर्नुपर्ने अनिमात्र सहकारीको नेतृत्व सक्षमम हुने विचार राख्नुभयो । कार्यक्रममा महिला सशक्तिकरण उपसमितिका सदस्य निर्जना ढुंगेल दाहालले पनि तालिममा सिकेका कुराहरु संस्थामा गएर कार्यान्वयन गर्नुहुन अनुरोध गर्नुहुँदै अवसरकै कमीले गर्दा पनि महिला नेतृत्वमा कमी भएको विचार राख्ख्नुभयो तालिममा सहभागीहरुमध्येबाट शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाका मनशोभा सुवाल र अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि.का सविता घिमिरेले पनि मन्तव्य राख्नभयो । तालिमको समापन कार्यक्रम संघका अधिकृत कृष्णश्वरी ह्यौंमिखाले संचालन गर्नुभयो । सो तालिममा संघमा आवद्ध सदस्यसंस्थाहरुबाट ४८ जनाको उपस्थिति रहेको थियो ।


Related News

विषयगत संघहरुको स्तरीकरण कार्यक्रमको पहिलो कार्यशाला सम्पन्न

कार्यविधि निर्माण तालिम सम्पन्न

साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न

भक्तपुरमा नगरस्तरीय सहकारी दिवस मनाइयो ।

भक्तपुर जिल्ला बचत संघको २१ औं स्थापना दिवस सम्पन्न

रणनीति योजना निमार्ण तालिम सम्पन्न

पल्स अनुगमन प्रणाली तथा पूँजी पर्याप्तता अनुपात मापन तालिम सम्पन्न

महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक गोष्ठी

मानव श्रोत साधन व्यपस्थापन तालिम सम्पन्न

सहकारीमा जोखिम व्यवस्थापन तालिम सम्पन्न

कर्मचारीको क्षमता अभिबृद्दि तालिम सम्पन्न

‟राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी नियामकीय मापदण्ड २०८२” को विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

आ.ब. २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

संघका पूर्व संचालक बीच भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सहकारी विभागले मिति २०८२/०३/३२ गते जारी गरेको ‟सहकारी संघ/संस्थामा सुशासन प्रवद्र्धनको लागि एकीकृत निर्देशन २०८२” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

संघको २१ औ बार्षिक साधारण सभा सम्पन्न

Notices

मतदाता नामावली

प्रतिनिधि पठाउनेको म्याद थप सम्बन्धी सूचना

कार्यालय समय परिवर्तन सम्बन्धमा


Members