News

साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न

मिति २०८१।१२।१४ गते ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को साझेदारी कार्यक्रम अन्तरगत साकोसमा जोखिम विश्लेषण कार्यशाला(SACCOS Risk Analysis Workshop-SARAW),रोयल थाई हस्पिटालिट , राधेराधेमा सम्पन्नभयो । कार्यशालाको उद्घाटन गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले आर्थिक मन्दीको कारण सहकारीमा ऋण लगानी, साँवा व्याज असुली नहुँदा सहकारीमा बचत र ऋणको सन्तुलन कायम गर्न चुनौती थपेको उहाँको भनाइथियो । उहाँले हालै पारित विद्येयकले सहकारी संस्था संचालनमा कानुनी जोखिम बढेकोले कानुन पालनाका लागि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले समाजिक कार्य गरेको छ भन्दैमा आर्थिक पाटोमा गरेको अनियमितताको गल्तीमाफनहुने बताउनुभयो । संस्था संचालनमा समस्या देखिएमा संस्थाको श्वेत पत्रजारी गर्नुपर्ने उहाँले बताउनुभयो ।
र्काक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का लेखा सुपरिवेक्षण समिति संयोजक बालमुकुन्द उपाध्यायले कार्यक्रममा उपलब्ध भएको जोखिम प्रतिवेदनको बारेमा संस्थामा छलफल गर्नुपर्ने विचार राख्नुभयो ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले संघले पहिलो पटक साकोस जोखिम विश्लेषण कार्यशालाको आयोजना गरिएको र यो कार्यशाला कब्र्स, प्रोबासन, एक्सेस जस्तै स्तरीकरण कार्यक्रमको पहिलो खुड्किलोको रुपमा रहेको विचार राख्नुभयो । साथै चैत्र २० गते भक्तपुरको चार वटै नगरपालिकामा प्रभातफेरी कार्यक्रम सहीत ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिरहेको कुरा उहाँले बताउनुभयो।
नेफ्स्कूनका कार्यक्रम अधिकिृत सोबिता मैनालीले साकोसमा जोखिम विश्लेषणको कार्यशाला संचालन गर्नुका साथै पल्र्स विश्लेष सम्बन्धमा पनि प्रशिक्षण गर्नुभएको थियो । कार्यशालामा गोष्ठीमा नेफ्स्कूनका बरिष्ठ कार्यक्रम सहायक चन्द्रदेब जोशी र सूचना प्रविधि सहायक मिलन कोइरालाको सहयोगमा सहभागी ४२ वटा संस्थाहरुको वित्तीय विश्लेषण गरी जोखिम प्रतिवेदन समेत संस्थाहरुलाई वितरण गरिएको थियो । कार्यक्रममा संघमा आवद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा उच्चतहका कर्मचारीहरु गरी ७५ जनाको सहभागिता रहेको थियो । कार्यशालाको औपचारिक कार्यक्रम संघका अधिकृत कृष्णश्वरी ह्यौंमिखाले गर्नुभएको संचालन गर्नुभयो ।


Related News

विषयगत संघहरुको स्तर...

कार्यविधि निर्माण ता...

भक्तपुरमा नगरस्तरीय...

भक्तपुर जिल्ला बचत स...

रणनीति योजना निमार्ण...

पल्स अनुगमन प्रणाली...

महिला सशक्तिकरणमा सह...

मानव श्रोत साधन व्यप...

महिला नेतृत्व विकास...

सहकारीमा जोखिम व्यवस...

कर्मचारीको क्षमता अभ...

‟राष्ट्रिय सहकारी नि...

आ.ब. २०८१/८२ को वार्...

संघका पूर्व संचालक ब...

सहकारी विभागले मिति...

संघको २१ औ बार्षिक स...

अभिमुखिकरण कार्यक्रम...

परिचयात्मक कार्यक्रम...


Members